मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रणाली सक्रियः पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

325
SHARES
पश्चिमी न्यून चापीय प्रणाली सक्रियः पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । मुलुकको पश्चिमी भू–भाग नजिक सक्रिय रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने तथा तराईका केही भू–भागमा तापक्रम बढ्ने सम्भावना देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम क्रमशः बढ्ने सम्भावना रहेकाले गर्मीको प्रभाव बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने पहाडी क्षेत्र तथा कोशी र मधेश प्रदेशको तराईमा आंशिक बदली रहने सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।

यसैबीच, देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन तथा मौसमसम्बन्धी पछिल्ला सूचनाहरू नियमित रूपमा हेर्न महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP