मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ इन्धन मूल्य सूची सार्वजनिक: डिजेल र मट्टितेल सस्तो, पेट्रोल यथावत

2.5K
SHARES
नयाँ इन्धन मूल्य सूची सार्वजनिक: डिजेल र मट्टितेल सस्तो, पेट्रोल यथावत

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । निगमको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाउने र पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो ।

नयाँ दर गएराति १ बजेदेखि लागू भएको निगमले जनाएको छ । त्यससँगै, हवाई इन्धन आन्तरिक उडानका लागि प्रतिलिटर एक रुपैयाँले र अन्तर्राष्ट्रिय उडान (काठमाडौंका लागि) का लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले मूल्य बढाइएको छ ।

निगमका अनुसार, हालै इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद दरका आधारमा मूल्य समायोजन गरिएको हो । नयाँ खरिद मूल्यअनुसार, पेट्रोल प्रतिलिटर ०.०३ रुपैयाँले बढेको, हवाई इन्धन प्रतिलिटर ०.८६ रुपैयाँले बढेको र डिजेल प्रतिलिटर १.१९ रुपैयाँले घटेको देखिएपछि मूल्य परिमार्जन गरिएको निगमले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १५, शनिबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP