मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्रालयद्वारा सिडिओ कार्यालयहरूलाई ११ बुँदे निर्देशन

1.6K
SHARES
गृहमन्त्रालयद्वारा सिडिओ कार्यालयहरूलाई ११ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन (सीडीओ) कार्यालयहरूलाई ११ फरक शीर्षकमा निर्देशिका पठाएको छ । निर्देशनका मूल विषयहरूमा शान्ति–सुरक्षा, अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय, सार्वजनिक सेवा प्रवाहको सहजता र निर्वाचन सुरक्षासम्बन्धी व्यवस्था समावेश छन् ।

जेनजी आन्दोलनपछि देखा पर्न सक्ने तात्कालिक र दीर्घकालीन सुरक्षा चुनौतीको पहिचान तथा विश्लेषण गर्न सबै प्रशासन कार्यालयलाई भनिएको छ । त्यसका लागि विस्तृत सूचनासङ्कलन र अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

७ पृष्ठ लामो उक्त पत्राचारमा २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनसम्बन्धी तयारी पनि समेटिएको छ । निर्वाचन सुरक्षाको मोडालिटी स्पष्ट पार्दै, सबै सरोकारवालासँगको सहकार्यमा जिल्लास्तरमा चुनावमैत्री वातावरण निर्माण गर्न सीडीओ कार्यालयहरूलाई आदेश दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २, आईतवार १२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP