मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साँखुमा बस दुर्घटना: चार जनाको मृत्यु, २७ घाइते

962
SHARES
साँखुमा बस दुर्घटना: चार जनाको मृत्यु, २७ घाइते

काठमाडौं । काठमाडौंको साँखुस्थित शंखरापुर नगरपालिका–३ लप्सीफेदी जंगलमा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ करिब ५ बजे जरसिंहपौवा–साँखु सडकखण्डमा बा ४ ख ८७८८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउने चार जनामध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन् ।

बसमा करिब ३५ जना यात्रु सवार थिए । दुर्घटनापछि प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा ११ जना पुरुष र १६ जना महिला गरी जम्मा २७ जना घाइते भएका छन् ।

घाइतेहरूको उपचार अर्थोपेडिक अस्पताल, शंखरापुर अस्पताल, एनएमसी अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालमा भइरहेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २४, बिहीबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP