मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना

260
SHARES
मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णालीका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमतीको तराई भू–भाग र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।

राति कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनीका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यसैगरी, मधेश तथा कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP