मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिने

1.8K
SHARES
शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिने

काठमाडौं । भिजिट भिसा दुरुपयोग प्रकरणलाई लिएर लामो समयदेखि संसद बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले उक्त भ्रमणबारे संसदमा जानकारी गराउने तयारी गरेका छन् । यसै सन्दर्भमा रास्वपाले प्रधानमन्त्रीको सम्बोधनका लागि संसद बहिष्कार रोक्ने निर्णय गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बिहीबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “हामी निरन्तर संसदमा आन्दोलनमै छौं, तर कतिपय गर्नुपर्ने कामहरूमा ख्याल गरेका छौं । प्रधानमन्त्रीज्यूले विदेश भ्रमणबारे जानकारी दिन चाहनुभएको छ भने त्यो उहाँको अधिकार हो ।”

उनका अनुसार प्रधानमन्त्रीको संसदमा बोल्न पाउने अधिकारलाई रास्वपाले अवरोध नगर्ने निर्णय गरेको छ । “सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अग्राधिकारमा पर्छ,” परियारले स्पष्ट पारे ।

यसरी, रास्वपाले संसदको आन्दोलनलाई निरन्तरता दिँदै केही कामहरूमा लचकता अपनाउने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार १४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP