मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिना झन्झट सेवाप्रवाह सुनिश्चित गर्न हटलाइन सञ्चालन हुने: प्रधानमन्त्री कार्की

2.2K
SHARES
बिना झन्झट सेवाप्रवाह सुनिश्चित गर्न हटलाइन सञ्चालन हुने: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयमा सेवाप्रवाहलाई सहज र विना झन्झट बनाइने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सेवाप्रवाहका क्रममा सरकारी कर्मचारीको व्यवहारप्रति गुनासो सुन्नका लागि संघ, प्रदेश र स्थानीय तहका निकायमा हटलाइनको व्यवस्था गरिने जानकारी दिइन् ।

‘“बिना झन्झट सेवा प्रवाहको सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचार न्यूनीकरण, विधिको शासन, सामाजिक न्यायको प्रत्याभूति लगायतका क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ,” प्रधानमन्त्री कार्कीले भनिन् ।

उनका अनुसार सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने, मोलमोलाई गर्ने, काम पन्छाउने, घुस माग्ने, अनावश्यक दुःख दिने वा अपमानजनक व्यवहार गर्ने कर्मचारीविरुद्ध उजुरी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि मन्त्रालय, प्रदेश र स्थानीय तहसम्म हटलाइन उपलब्ध हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार १३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP