मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा सुरक्षा सचेतनामा केन्द्रित ट्राफिक वाल्क

1.7K
SHARES
काठमाडौंमा सुरक्षा सचेतनामा केन्द्रित ट्राफिक वाल्क

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आज (आइतबार) संयुक्त रूपमा ट्राफिक वाल्क कार्यक्रम सम्पन्न गरेका छन् । चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा सडक सुरक्षा र अनुशासनसम्बन्धी जनचेतना बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सुरु गरिएको र्‍यालीमा विभिन्न जनचेतनामूलक प्लेकार्डसहित प्रहरी अधिकारी, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरूको सहभागिता थियो । सहभागिहरूले सडक प्रयोगकर्तालाई सावधानीपूर्वक सवारीसाधन चलाउन, ट्राफिक नियम पालना गर्न र पैदल यात्रुको सुरक्षामा ध्यान दिन सन्देश दिएका थिए ।

र्‍याली काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समाप्त भएको थियो, जहाँ औपचारिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले चाडपर्वको भीडभाडमा दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेतता सबैको जिम्मेवारी भएको बताएका थिए ।

सडक दुर्घटना न्यूनीकरण, मदिरापान गरी सवारी नचलाउने, ट्राफिक नियमको सम्मान र सार्वजनिक सवारीसाधनको व्यवस्थापनजस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरिएको छ। प्रहरी प्रशासनले यस्ता कार्यक्रमले नागरिक र सुरक्षाकर्मीबीच सहकार्यको वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ०३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP