मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ट्राफिक जरिवानाबाट प्रहरीले २५ प्रतिशत भत्ता पाउने दाबी असत्य : नेपाल प्रहरी

468
SHARES
ट्राफिक जरिवानाबाट प्रहरीले २५ प्रतिशत भत्ता पाउने दाबी असत्य : नेपाल प्रहरी

काठमाडौं । हाल विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत असुल गरिएको जरिवानाको २५ प्रतिशत रकम विशेष भत्ताका रूपमा प्राप्त गर्ने भन्ने दाबी फैलिएको विषयमा नेपाल प्रहरीले स्पष्टिकरण दिएको छ । प्रहरीले उक्त दाबी पूर्ण रूपमा भ्रामक र तथ्यहीन रहेको जनाएको हो ।

मंगलबार जारी विज्ञप्तिमा नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघन गरेबापत संकलन हुने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको उल्लेख गरेको छ । त्यसबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै किसिमको अतिरिक्त सुविधा, प्रोत्साहन भत्ता वा प्रतिशतका आधारमा रकम प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आधिकारिक स्रोतबाट पुष्टि नगरी अनुमानका आधारमा समाचार वा टिप्पणी सार्वजनिक गर्दा नागरिकमा भ्रम फैलिनुका साथै सार्वजनिक संस्थाप्रतिको विश्वासमा समेत नकारात्मक असर पर्न सक्छ । यस्ता अपुष्ट सूचनाले प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जोखिम पनि रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैलाई अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै कुनै पनि समाचार वा सूचना सार्वजनिक गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न अनुरोध गरेको छ । साथै, जिम्मेवार र तथ्यमा आधारित सूचना प्रवाह गर्न सबै पक्षलाई सहयोग गर्न पनि प्रहरीको अपिल छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ११:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP