मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१४औँ साग चैत २०–२८ मा पाकिस्तानमा हुने

299
SHARES
१४औँ साग चैत २०–२८ मा पाकिस्तानमा हुने

काठमाडौं । १४औँ दक्षिण एसियाली खेलकुद (साग) आगामी २०८३ साल चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ ।

पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले प्रतियोगिताको मिति तय गर्दै आयोजनाको औपचारिक निर्णय गरेको हो । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका र मालदिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ ।

यस संस्करणमा २८ वटा खेल समावेश गरिनेछन् । दक्षिण एसियाली खेलकुद प्रत्येक चार वर्षमा आयोजना हुने भए पनि २०१९ मा नेपालमा सम्पन्न भएको १३औँ सागपछि भारत–पाकिस्तानबीचको राजनीतिक तनावका कारण १४औँ संस्करण लामो समयदेखि स्थगित हुँदै आएको थियो ।

आयोजनाको तयारीसम्बन्धी बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी छन् ।

एसएओसीको केन्द्रीय समिति बैठकमा एनओसीका पदाधिकारीले नेपालको ओलम्पिक कमिटीको प्रतिनिधित्व गरेका छन् भने राखेप सदस्य श्रेष्ठले सरकारको प्रतिनिधित्व गरिरहेकी छन् । भोलिसम्म सञ्चालन हुने बैठकमा साग २०२७ को तयारी, प्राविधिक व्यवस्थापन र अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल जारी रहने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ७, आईतवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP