मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

“संसद् केवल औपचारिकता मात्रै होइन, जनताको आवाजको थलो हुनुपर्छ”  : वर्षमान पुन

2.5K
SHARES
“संसद् केवल औपचारिकता मात्रै होइन, जनताको आवाजको थलो हुनुपर्छ”  : वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारीको कार्यक्रममा सम्बोधन गर्दै उनले भने कि पुराना दलले कमजोरी स्वीकारेर सुधारतर्फ उन्मुख भएमा जनतामा बढ्दै गएको निराशा कम गर्न सकिन्छ ।

पुनले संसद्मा सरकार हाबी हुने प्रवृत्तिका कारण जनताको आवाज कमजोर भइरहेको टिप्पणी गरे । उनले भने, “सत्तापक्षको बहुमतका कारण सरकारका प्रस्तावहरू सजिलै पारित हुन्छन् । यसले प्रतिपक्षले उठाएका जनताको आवाजलाई सुन्न नपरी पनि फरक नपर्ने जस्तो अवस्था सिर्जना गरेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।”

संसद्का केही सांसदहरूको भूमिकामा प्रश्न उठाउँदै उनले उल्लेख गरे कि कतिपय सांसदले पुरै कार्यकालमा एक शब्द पनि बोलेका छैनन् । “पुरै कार्यकालभर बोल्नै नचाहने, कानुन निर्माणको प्रक्रियामा भाग नलिने, विधेयकमाथि सैद्धान्तिक वा दफावार छलफलमा सहभागी नहुने, संशोधन प्रस्ताव नपठाउने सांसदहरू पनि छन्,” उनले बताए ।

पुनले आफ्नो दलको तर्फबाट संसद् केवल औपचारिकताको थलो नभई जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने महत्वपूर्ण स्थानको रूपमा विकास गर्न प्रयास गरिने स्पष्ट गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP