मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको अपिलः ‘मतदाता नामावलीमा नाम दर्ता गरौं’

1K
SHARES
प्रचण्डको अपिलः ‘मतदाता नामावलीमा नाम दर्ता गरौं’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेका छन् ।

बुधबार जारी भिडियो सन्देशमार्फत उनले नागरिकलाई नाम दर्ता प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै त्यसका पाँच चरणबारे जानकारी पनि दिएका छन् ।

उनका अनुसार, मतदाता नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा लिएर जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको नामावली दर्ता केन्द्रमा पुग्नुपर्छ । यदि नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगानाभन्दा फरक ठाउँमा स्थायी बसोबास गरेको छ भने बसाइँसराइ प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।

नाम, उमेर वा ठेगाना नागरिकताबाट पुष्टि नहुने अवस्थामामा जग्गाधनी प्रमाणपुर्जा, शैक्षिक प्रमाणपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र जस्ता कागजात पेस गर्न सकिने बताइएको छ । आवश्यक परे सम्बन्धित वडाको सिफारिस पनि लिन सकिनेछ ।

प्रचण्डले भने, “लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नका लागि प्रत्येक नागरिकको मताधिकार प्रयोग गर्न आवश्यक तयारी यहीबाट सुरु हुन्छ । त्यसैले सबैले नाम दर्ता गरौं ।”

उनले मतदाता नामावली भर्ने फारम पूरा गरी तोकिएको स्थानमा फोटो खिचाउन, औँलाका छाप दिन र दर्ता सम्पन्न भएपछि प्राप्त अर्धकट्टी सुरक्षित राख्न पनि आग्रह गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभर मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म मात्र जारी रहनेछ ।

आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपालीलाई सो म्यादभित्र नाम दर्ता गर्न औपचारिक अनुरोध गरेको छ ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP