मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको असरः हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

52
SHARES
पश्चिमी वायुको असरः हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली क्षेत्रमा सामान्य बदली छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहेको छ ।

आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहनेछ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रसहित अन्य पहाडी भूभागमा आंशिक बदली हुने अनुमान छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ । हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यका र खोँचहरूमा तापक्रम बढेर तातो दिनको अनुभव हुने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ८, मंगलवार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP