मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

१६ वर्षपछि स्पेन विश्वकप विजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि सपना चकनाचुर

91
SHARES
१६ वर्षपछि स्पेन विश्वकप विजेता, अर्जेन्टिनाको लगातार दोस्रो उपाधि सपना चकनाचुर

काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च शिखरमा आफूलाई उभ्याएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रोपटक विश्वकप ट्रफी उचाल्यो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यही अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए । पेनाल्टी क्षेत्रभित्र उछिट्टिएको बललाई उनले बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए ।

अर्जेन्टिनाले भने निर्धारित समयको अन्तिमतिर ठूलो धक्का बेहोर्नुपर्‍यो । मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्न बाध्य भए, जसका कारण टोली बाँकी समय १० खेलाडीमा सीमित रह्यो । त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयको सुरुवातमै गोल निकालेर उपाधि आफ्नो पक्षमा पार्‍यो ।

फाइनलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राखेको थियो । अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि स्पेनी रक्षापंक्तिलाई तोड्न सकेन ।

सन् २०१० पछि पहिलोपटक विश्वकप जितेको स्पेनले यस संस्करणमा असाधारण प्रदर्शन गर्दै आठ खेलमा जम्मा एक गोल मात्र खाएको कीर्तिमान पनि बनाएको छ । यो विश्वकप इतिहासमा कुनै पनि च्याम्पियन टोलीले प्रतियोगिताभर सबैभन्दा कम गोल खाएको नयाँ रेकर्ड हो ।

स्पेनको अपराजित यात्रा पनि जारी रहेको छ । टोली अहिले लगातार ३८ अन्तर्राष्ट्रिय खेलमा हारविहीन छ, जसमा २९ जित र ९ बराबरी समावेश छन् । यो कुनै पनि युरोपेली राष्ट्रले बनाएको सबैभन्दा लामो अपराजित श्रृंखला हो । यसअघि इटालीले ३७ खेलसम्म अपराजित रहने कीर्तिमान बनाएको थियो, जसलाई स्पेनले उछिनेको हो ।

यता, फाइनलमा पराजित भएपछि अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने लक्ष्य अधुरै रह्यो । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले उपाधि रक्षा गर्ने प्रयास गरे पनि स्पेनको उत्कृष्ट प्रदर्शनका अगाडि सफल हुन सकेन ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ४, सोमबार ०४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP