मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रत्यक्षतर्फको १५ जिल्लाका १८ क्षेत्रको मतपत्र छपाइ पूरा

559
SHARES
प्रत्यक्षतर्फको १५ जिल्लाका १८ क्षेत्रको मतपत्र छपाइ पूरा

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्र छपाइको काम पूरा भएको छ ।

निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी मतपत्र छपाइ अन्तर्गत डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छापिसकिएको छ ।

यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेत क्षेत्र नं १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछाम क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरी क्षेत्र नं १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ पनि सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ । त्यस्तै, समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ कार्य पनि पूरा भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १८, आईतवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP