मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राप्रपाबाट निष्कासनमा परेकी कंचन विच्छाको प्रदेश सभा सदस्य पद गयो

1.5K
SHARES
राप्रपाबाट निष्कासनमा परेकी कंचन विच्छाको प्रदेश सभा सदस्य पद गयो

काठमान्डु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक पार्टी अनुशासन उल्लंघन गरेको भन्दै मधेश प्रदेशकी समानुपातिक महिला प्रदेश सभा सदस्य कंचन विच्छालाई पदबाट हटाएपछि प्रदेश सभा सचिवालयले यसबारे सूचना सार्वजनिक गरेको छ ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले पार्टीको विधान २०४८ (संशोधनसहित) अनुुसार विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गर्ने तथा उनलाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहितको पत्र प.नं. १४३ मिति २०८२/०८/१२ मा धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रदेश सभा सचिवालयमा प्राप्त भएको सचिवालयले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्रदेश सभा सदस्यबाट निष्कासन गर्न अनुरोध गरिएको उक्त पत्रका आधारमा प्रदेश सभा सचिवालयले ऐनको दफा ३५(२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० र १९१ अनुसार सूचना आदेशानुसार प्रकाशित गरेको हो ।

सचिवालयका अनुसार सबै सरोकारवालालाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो । सचिव वासु प्रसाद कोइरालाले सार्वजनिक सूचना मार्फत विच्छा प्रदेश सभा सदस्यबाट हटाइएको पुष्टि गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP