मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव कायम, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

858
SHARES
देशभर मनसुनी प्रभाव कायम, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा शनिबार पनि अधिकांश क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि जारी रहने देखिएको हो ।

हाल देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ । कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।

देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकीका तराई क्षेत्र, कोशी र मधेसका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ९, शनिबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP