मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षक–कर्मचारीलाई आयोगको कडा सचेतना

494
SHARES
शिक्षक–कर्मचारीलाई आयोगको कडा सचेतना

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन शैक्षिक संस्थासँग आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचारप्रसारबाट टाढा रहन कडा निर्देशन दिएको छ ।

आयोगका अनुसार केही शिक्षक र कर्मचारीहरू राजनीतिक दल वा उम्मेदवारको पक्षमा सक्रिय रूपमा प्रचारप्रसारमा लागेको भन्ने उजुरीहरू प्राप्त भएका छन् । यस्ता गतिविधिले निर्वाचनको तटस्थता र विश्वसनीयतामाथि प्रश्न उठाउन सक्ने भन्दै आयोगले सचेत गराएको हो ।

शिक्षा ऐन, २०२८ तथा निर्वाचन आचारसंहिता, २०८२ ले शिक्षक वा कर्मचारीले कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था गरेका छन् । साथै आफ्नो पद, प्रभाव वा कार्यालयका स्रोतसाधनलाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्नसमेत रोक लगाइएको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा दफा ४८ बमोजिम कानुनी कारबाही गरिने स्पष्ट पारे । उनले निर्वाचनको मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

आयोगले जिल्लास्तरका अनुगमन समिति, निर्वाचन अधिकृत तथा सम्बन्धित निकायमार्फत् प्रभावकारी अनुगमनको व्यवस्था मिलाइएको जनाएको छ । स्वतन्त्र, स्वच्छ, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाले आचारसंहिता पूर्ण रूपमा पालना गर्न आयोगले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ११, सोमबार १२:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP