मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला टी२० ग्लोबल क्वालिफायरः नेपाली टोली घोषणा, इन्दु बर्माको कप्तानी

2.1K
SHARES
महिला टी२० ग्लोबल क्वालिफायरः नेपाली टोली घोषणा, इन्दु बर्माको कप्तानी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी२० ग्लोबल क्वालिफायर प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आयोजना हुने प्रतियोगितामा नेपाली टोलीको नेतृत्व इन्दु बर्माले गर्नेछिन् ।

यो प्रतियोगिता महिला क्रिकेटका लागि महत्वपूर्ण मानिएको छ, किनकि सहभागी १० राष्ट्रमध्ये उत्कृष्ट चार टोलीले सन् २०२६ को जुन महिनामा इङल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछन् ।

दुई समूहमा १० देशको प्रतिस्पर्धा
ग्लोबल क्वालिफायरमा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे परेका छन् ।

समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।

नेपाली महिला टोलीको अन्तिम सूची
ग्लोबल क्वालिफायरका लागि घोषित नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो, सिता राना मगर, काजल श्रेष्ठ, रचना चौधरी, सुमन विष्ट, बिन्दु रावल, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रुबिना क्षेत्री, सम्झना खड्का, कविता कुँवर, रोमा थापा र मनीषा उपाध्याय समावेश छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २०, आईतवार ११:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP