मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली र सी चिनफिङको दोस्रो भेटः नेपाल-चीन द्विपक्षीय सहकार्यको नयाँ अध्याय

1.8K
SHARES
ओली र सी चिनफिङको दोस्रो भेटः नेपाल-चीन द्विपक्षीय सहकार्यको नयाँ अध्याय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्लो दुई वर्षमा लगातार दोस्रो पटक भेट गरेकोमा खुशी व्यक्त गरेका छन् । उनी अहिले शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा छन् । यस भेटमा, प्रधानमन्त्री ओलीले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र सहकार्यको प्रगति समीक्षा गरिएको र भविष्यमा यो सहकार्यलाई अझ बलियो बनाउन सहमति गरिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा एक्समा लेख्दै भने, “दुई वर्षमा लगातार दोस्रो पटक राष्ट्रपति सी सँग भेटेर फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको छ । हामीले विभिन्न विषयमा भएको प्रगति समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्य अझ प्रगाढ बनाउन सहमति जनायौं ।”

साथै, उनले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निम्त्याएकोमा धन्यवाद दिएका छन् । एससीओ सम्मेलन चीनको तियान्जिनमा भोलि सुरु हुँदैछ, र प्रधानमन्त्री ओली त्यस सम्मेलनमा सम्बोधन गर्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १४, शनिबार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP