मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभ्यास खेलमा नेपालको शानदार जित, आसीफ र सन्दीपको राम्रो प्रदर्शन

3.4K
SHARES
अभ्यास खेलमा नेपालको शानदार जित, आसीफ र सन्दीपको राम्रो प्रदर्शन

काठमाडौं । अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपालले ४१ रनको उत्कृष्ट जित दर्ता गरेको छ । मंगलबार बिहान भएको टी–२० अभ्यास खेलमा टस जितेर एसिटीले फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरेको थियो ।

पहिलो इनिङमा नेपालले आठ विकेट गुमाउँदै १७७ रनको योगफल खडा गर्‍यो । ओपनर आशिफ शेखले ३९ बलमा ६९ रनको दमदार प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । कप्तान रोहित पौडेलले २८ बलमा २६ रन जोडे भने आरिफ शेखले १८ बलमा २४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने ठूलो योगदान दिन सकेनन् ।

१७८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको एसिटी १७.२ ओभरमै १३६ रनमा समेटियो । विपक्षीका जे स्मितले ३३ बलमा ५० रन प्रहार गर्दै प्रतिरोध गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

बलिङतर्फ नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले चार ओभरमा ३१ रन खर्चिँदै पाँच विकेट लिए । करण केसीले दुई विकेट हात पारे भने रुपेश सिंह, कुशल भुर्तेल र गुल्सन झाले एक–एक विकेट झारे ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपाली टोलीले अस्ट्रेलियामा पाँच दिने अभ्यास यात्रा तय गरेको छ । नेपालले अगस्ट २६ देखि ३० सम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग दुई–दुई वटा टी–२० खेल्नेछ भने अगस्ट ३० मा साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेल खेलेर भ्रमण सम्पन्न गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP