मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनको मूल्य नयाँ उचाइमा, तोलामा ९,५०० रुपैयाँको वृद्धि

1.1K
SHARES
सुनको मूल्य नयाँ उचाइमा, तोलामा ९,५०० रुपैयाँको वृद्धि

काठमाडौं । लगातार नयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य आज फेरि उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९ हजार ५ सय रुपैयाँले वृद्धि भई सुनको भाउ आज तोलाकै ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । पछिल्लो एक सातामा मात्र सुनको मूल्य तोलामा ३७ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा ५ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार २ हजार ४ सय र गएको शुक्रबार ९ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो ।

गत साताको बुधबार एकैदिन १० हजार ४ सय रुपैयाँले उकालो लागेको सुनको भाउ बिहीबार भने तोलामा २ हजार ९ सय रुपैयाँ घटेको थियो ।

यता चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा स्थिर रहेको छ । आज पनि चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँमै कायम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १४, बुधबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP