मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रिपरिषद् गठन

975
SHARES
बालेन शाह प्रधानमन्त्री बने, नयाँ मन्त्रिपरिषद् गठन

काठमाडौं । बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि राष्ट्रपतिले नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । संविधान जारी भएयता उक्त धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो । साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा होमिएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल भएका हुन् । उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तो छ नयाँ मन्त्रिपरिषद्
प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

  • स्वर्णिम वाग्ले – अर्थमन्त्री
  • सुधन गुरुङ – गृहमन्त्री
  • शिशिर खनाल – परराष्ट्र मन्त्री
  • सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
  • विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
  • खड्कराज पौडेल – पर्यटन मन्त्री
  • सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
  • निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री
  • विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
  • प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
  • दीपक साह – श्रम, रोजगार मन्त्री
  • सोविता गौतम – कानुन मन्त्री
  • गीता चौधरी – कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री
  • सीता वादी – महिला, बालबालिका मन्त्री

नयाँ सरकार गठनसँगै देशको राजनीतिक परिदृश्यमा नयाँ अध्याय सुरु भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १३, शुक्रबार ०७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP