मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार किशोर श्रेष्ठ पक्राउ

0
SHARES
पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सञ्चालक–सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले उनलाई ललितपुरस्थित निवास आसपासबाट बुधबार राति नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली परिचालन गरिएको थियो । सोही टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत रहिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २८, बिहीबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP