मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दिल्लीमा रवि लामिछाने–अमेरिकी विशेष दूत सर्जियो गोर भेट

1.1K
SHARES
दिल्लीमा रवि लामिछाने–अमेरिकी विशेष दूत सर्जियो गोर भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

बिहीबार साँझ भएको उक्त भेटमा दुई पक्षबीच समसामयिक राजनीतिक तथा क्षेत्रीय विषयमा छलफल भएको जनाइएको छ । पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँ दिल्ली पुगेका हुन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री सुब्रमन्यम जयशंकर तथा अन्य राजनीतिक नेतृत्वसँग समेत भेटघाट गरिसकेका छन् ।

रास्वपाका अनुसार दिनभर प्रवास कमिटीद्वारा आयोजित कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन् । गोर हाल भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण र मध्य एसियाका लागि विशेष दूतको जिम्मेवारीमा रहेका छन् ।

यसअघि पनि गोर नेपाल भ्रमणका क्रममा रास्वपा नेतृत्वसँग भेटवार्ता गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २२, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP