मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगातार पाँचौ जित निकाल्दै सुदुरपश्चिम प्लेअफमा, जोखिममा जनकपुर

3.4K
SHARES
लगातार पाँचौ जित निकाल्दै सुदुरपश्चिम प्लेअफमा, जोखिममा जनकपुर

काठमान्डु । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै लगातार पाँचौं जित दर्ता गरेको छ । यस जितसँगै सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी रहँदै प्लेअफमा स्थान पक्का गरेको छ ।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । सुरुवातमै जोश ब्राउन गोल्डेन डकमा फर्किए पनि इशान पाण्डे र विनोद भण्डारीको ९१ रनको साझेदारीले टोलीलाई सहज स्थितिमा पुर्‍यायो ।

इशान पाण्डेले ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रनको अर्धशतक प्रहार गरे । भण्डारीले ४२ रन जोड्दै टिमलाई बलियो अवस्थामा पुर्‍याए । अन्त्यतिर दीपेन्द्रसिंह ऐरी (१० नटआउट) र हर्मित सिंह (२५ नटआउट) ले सहज जीत दिलाए ।

जनकपुरका माज सदाकले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनायो । सुरुवात नै खराब रह्यो—ओपनर आसिफ शेख चौथो बलमै बोल्ड, त्यसपछि मयन यादव ६ रनमा आउट । छिट्टै माज सदाक पनि १२ रनमा आउट हुँदा पावरप्लेमै ३ विकेट गुमाएर जनकपुर दबाबमा पर्‍यो ।

मध्यक्रममा सञ्जय कृष्णमूर्तिले ५० रनको महत्वपूर्ण पारी खेले भने यान निकोल लोफ्टी इटनले ३९ रन जोड्दै टोलीलाई उकास्ने प्रयास गरे । आदित्य महता (१५) र कप्तान वाइन पार्नेल (१४) ले पनि योगदान दिए ।

सुदूरपश्चिमका अविनास बोहराले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिए । स्कट कुगेइलिनले ३ विकेट झारे ।

लगातार चार खेलमा पराजित जनकपुर लिग चरणबाटै बाहिरिने जोखिममा छ । प्लेअफ पुग्न अब उसले बाँकी सबै खेल जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नु पर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १३, शनिबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP