मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहाडी क्षेत्रमा बादल, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

26
SHARES
पहाडी क्षेत्रमा बादल, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिक बदली रहेको अवस्था छ ।

आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै लुम्बिनी प्रदेशका पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ ।

यसैबीच मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसहित केही अन्य स्थानमा तातो मौसम रहने सम्भावना रहेको छ ।

आज राति हिमाली भूभागमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ५, शनिबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP