मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनाव जितेर सरकारमा पुगे पनि अन्ततः हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आउने रहेछ :प्रचण्ड

3.3K
SHARES
चुनाव जितेर सरकारमा पुगे पनि अन्ततः हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आउने रहेछ :प्रचण्ड

लमही (दाङ) । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जितेर सरकारमा पुगे पनि अन्ततः हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था उत्पन्न हुन सक्छ भन्ने टिप्पणी गरेका छन् । शनिबार लमहीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै उनले जनसमर्थन र एकताको अभावमा बहुमतको सरकार पनि टेकी नसक्ने उदाहरण देशले भोगिसकेको बताए ।

प्रचण्डले संसद्‌को रोष्ट्रममै बसेर ‘बहुमतको दम्भ नदेखाउन’ चेतावनी दिएको स्मरण गर्दै केपी शर्मा ओलीले अहिले पनि अहंकार त्यागेको देखिन नसकेको आरोप लगाए । उनका अनुसार १५ वटा पार्टीबीच लामो परामर्श र प्रतिबद्धताबाट एकता भएको र जनताले सो एकतालाई उत्साहका साथ स्वागत गरेको छ ।

भदौ २४ गते भएको विध्वंसकारी घटनालाई स्मरण गर्दै उनले सिंहदरबारदेखि सर्वोच्च अदालत र प्रहरी चौकीसम्म जलाइएको दृश्यले राज्य संयन्त्रको कमजोरी नाङ्गो भएको बताए । पुर्खाको त्याग र बलिदानबाट जोगाएको देश क्षणभरमै अस्थिर बन्ने खतरा देखिएको उनको टिप्पणी थियो ।

प्रचण्डले राज्य निर्माण र परिवर्तनका हर चरणमा कम्युनिस्ट दलहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै २००६ सालदेखि जनआन्दोलनसम्म हजारौं सहिदको बलिदानले आजको परिवर्तन सम्भव भएको उल्लेख गरे । माओवादी युद्धकालमा आफू सर्वोच्च कमाण्डर र माधवकुमार नेपाल एमाले महासचिव रहेको समयदेखि दुवैबीचको सहकार्यले वार्ता, शान्ति प्रक्रिया र संघीय गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पनि उनले स्मरण गरे ।

कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष ओलीप्रतिकै संकेत गर्दै ‘नानीदेखि लागेको बानी सुध्रिँदो रहेन’ टिप्पणी गर्दै सुधार हुने अपेक्षा पूरा नभएको गुनासो गरे । सुधार हुने नेता भए ‘स्याबास’ र स्वागत गरिने बताए पनि अहिले त्यस्तो सम्भावना नदेखिएको उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १३, शनिबार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP