मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिफा विश्वकप २०२६: क्यानडाको ऐतिहासिक पहिलो जित, कतारमाथि गोलको वर्षा

247
SHARES
फिफा विश्वकप २०२६: क्यानडाको ऐतिहासिक पहिलो जित, कतारमाथि गोलको वर्षा

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा शानदार प्रदर्शन गर्दै कतारलाई ६–० ले पराजित गरेको छ । भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै प्रतियोगिताको आफ्नो पहिलो जित दर्ता गरेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिड नायक बने । उनले ह्याट्रिक पूरा गर्दा साइले लारिन र नाथन सालिबाले एक–एक गोल थपे । अर्को एक गोल कतारका मोहम्मद मनाईको आत्मघाती गोलका रूपमा आयो ।

खेलको १६औँ मिनेटमा लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि डेभिडले २९औँ मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्‍याए ।

कतारका हमाम अहमद ३३औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली दबाबमा परेको थियो । दोस्रो हाफको सुरुमै असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित भयो ।

संख्यात्मक फाइदा उठाउँदै क्यानडाले ६४औँ मिनेटमा नाथन सालिबामार्फत चौथो गोल गर्‍यो । ७५औँ मिनेटमा मनाईको आत्मघाती गोलपछि अन्तर ५–० पुग्यो । इन्जुरी समयमा डेभिडले ह्याट्रिक पूरा गर्दै क्यानडाको ऐतिहासिक ६–० को जित सुनिश्चित गरे ।

यो नतिजासँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो जित हात पारेको छ । यसअघि खेलेका दुई विश्वकप संस्करणमा क्यानडा जितविहीन रहेको थियो । दुई खेलबाट चार अंक जोडेको क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

स्विट्जरल्यान्डको पहिलो जित, बोस्नियामाथि प्रभावशाली सफलता
त्यस्तै अर्को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा स्विस टोलीले अन्तिम २० मिनेटमा उत्कृष्ट प्रदर्शन गर्दै स्पष्ट जित निकालेको हो ।

स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन वर्गास र ग्रानिट जाकाले एक–एक गोल थपे । बोस्नियाका एर्मिन माहमिकले सान्त्वना गोल फर्काए ।

७४औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि बोस्नियाका तारिक मुहारेमोभिक रातो कार्ड पाउँदै बाहिरिएपछि खेलको गति स्विट्जरल्यान्डतर्फ मोडियो ।

वर्गासले ८४औँ मिनेटमा गोल गर्दै अन्तर २–० बनाए भने मान्जाम्बीले ९०औँ मिनेटमा दोस्रो गोल थपे । इन्जुरी समयमा माहमिकले बोस्नियाका लागि एक गोल फर्काए पनि अन्तिम क्षणमा प्राप्त पेनाल्टीलाई जाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डको ४–१ को जित पक्का गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ५, शुक्रबार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP