मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका विभिन्न प्रदेशमा आज बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

1.2K
SHARES
देशका विभिन्न प्रदेशमा आज बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका अधिकांश भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र मधेश प्रदेशका केही क्षेत्रमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति पनि देशका पहाडी भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ भने अन्य स्थानमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा पनि राति हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २८, बिहीबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP