मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा पश्चिमी न्यून चापको प्रभाव: आज पनि वर्षा, हिमपात र हावाहुरीको सम्भावना

585
SHARES
नेपालमा पश्चिमी न्यून चापको प्रभाव: आज पनि वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरले देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने विशेषगरी हिमाली तथा पहाडी क्षेत्र बढी प्रभावित भएका छन् ।

आज दिउँसो हिमाली भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । ती क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै सुदूरपश्चिमको तराई र अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्र आंशिक बदली रहने अनुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागहरूमा मध्यम वर्षा र हिमपात जारी रहने सम्भावना छ भने अन्य पहाडी र तराई क्षेत्रमा हल्का वर्षा र चट्याङ देखिन सक्छ ।

मौसमको यस्तो अवस्थालाई ध्यानमा राख्दै विशेषगरी पहाडी, हिमाली तथा तराई क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २१, शनिबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP