मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कांग्रेसले फागुन ३ गते प्रतिज्ञापत्र सार्वजनिक गर्ने

715
SHARES
नेपाली कांग्रेसले फागुन ३ गते प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरिएको प्रतिज्ञा–पत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले शुक्रबार सूचना जारी गर्दै प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमको मिति, समय र स्थान सार्वजनिक गरेको हो ।

जारी सूचनाअनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम आगामी फागुन ३ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना गरिनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै तयार गरिएको प्रतिज्ञा–पत्र सोही कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ ।

पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले विज्ञप्तिमार्फत कार्यक्रमबारे जानकारी गराउँदै सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP