मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रम कार्की

2.3K
SHARES
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रम कार्की

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सबै धर्मप्रति समान सम्मान राख्ने स्पष्ट गर्दै सामाजिक सद्भावका लागि संयम अपनाउन आग्रह गरेकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटनका क्रममा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि उनले आफ्नो भनाइ कुनै धर्म–समुदायलाई लक्षित नरहेको स्पष्ट पारिन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।”

मंसिर ९ गतेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायसँग सम्बन्धित व्यवहारका केही उदाहरण उल्लेख गरेकी थिइन्, जसमा कतिपय मुस्लिम राष्ट्रमा महिलामाथि हुने प्रतिबन्ध र अरेबियन समाजका पुराना अभ्यासका बारेमा टिप्पणी समावेश थियो । उनले हिन्दू धर्ममा पनि इतिहासमा महिलालाई पर्याप्त स्वतन्त्रता रहेको उदाहरण दिएको बताएकी थिइन् ।

उनको सो अभिव्यक्तिप्रति आलोचना भएपछि प्रधानमन्त्रीले धर्मले महिलामाथि हिंसा वा पीडा दिन प्रोत्साहन नगर्ने भन्दै आफ्नो उद्देश्य गलत तरिकाले नबुझिन आग्रह गरेकी छन् ।

प्रधानमन्त्रीले सबै धर्म, संस्कार र समुदायबीच आपसी सम्मान र समावेशी भावना नै देशको शान्ति र सद्भावको आधार हुनेमा जोड दिएकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP