मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्रेक फेल भई ट्याक्टर दुर्घटना, दुई मजदुरको ज्यान गयो

650
SHARES
ब्रेक फेल भई ट्याक्टर दुर्घटना, दुई मजदुरको ज्यान गयो

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलमसी क्षेत्रमा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउने दुवै पुरुषको परिचय खुल्न बाँकी छ । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडक ढलानको काम सम्पन्न गरेर डेरातर्फ फर्किरहेका मजदुरहरू सवार ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो । ट्याक्टरमा चालकसहित १२ जना रहेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट ट्याक्टरको ब्रेक फेल भएपछि दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP