मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप लिग–२: अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

3.1K
SHARES
विश्वकप लिग–२: अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । युएईको दुबईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको १५औं श्रृंखलाको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध १०६ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो । जवाफी इन्निङ्समा नेपाल ३९.१ ओभरमै १५६ रनमा अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम शार्कीले २९ र आरिफ शेखले २० रन बनाए पनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

अमेरिकाका स्पिनर हर्मित सिंह खेलका नायक बने । उनले ८।१ ओभरमा १ मेडनसहित २७ रन खर्ची ६ विकेट हात पारे ।

यसअघि ब्याटिङमा उत्रिएको अमेरिकाका ओपनर स्मित पटेलले ९ चौकासहित ७५ रन बनाए । मिलिन्द कुमारले अविजित रहँदै ५० बलमा ७० रन जोडे भने साइतेजा मुक्काकालाले ४२ रनको योगदान दिए ।

स्मित र साइतेजाबीच तेस्रो विकेटका लागि ९५ रनको साझेदारी भएपछि अमेरिकाले बलियो स्थिती बनाएको थियो । अन्तिमतिर मिलिन्द कुमारले आक्रामक ब्याटिङ गर्दै अन्तिम दुई ओभरमा ३२ रन थपे, जसले टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍यायो ।

नेपालका बलरमध्ये सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख, र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे ।

नेपालको यो हारसँगै विश्वकप लिग–२ मा त्यसको प्रदर्शनमा दबाब थपिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार १३:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP