मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लोडसेडिङकालीन बक्यौता असुली अभियान : प्रमुख उद्योगहरूको बिजुली काटियो

1.8K
SHARES
लोडसेडिङकालीन बक्यौता असुली अभियान : प्रमुख उद्योगहरूको बिजुली काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत अतिरिक्त विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगहरूमाथि कठोर कदम चाल्दै उनीहरूको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले मंगलबार बिहानैदेखि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको हो ।

यी उद्योगहरूले तिर्न बाँकी रकम—

  • जगदम्बा स्टिल: रु १ अर्ब ६० करोड
  • रिलायन्स स्पिनिङ मिल्स: रु ७५ करोड ३७ लाख
  • शिवम् सिमेन्ट: रु ७७ करोड ८८ लाख
  • घोराही सिमेन्ट: रु ५० करोड ८५ लाख
  • अर्घाखाँची सिमेन्ट: रु ४४ करोड ८४ लाख
  • त्रिवेणी स्पिनिङ मिल्स: रु ३२ करोड १० लाख

यी सबै बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको अतिरिक्त महसुलका हुन् ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदाका दिनमा पनि उद्योगहरूले रकम तिर्न सक्ने गरी काउन्टर सञ्चालनमा राखिएको छ । उनका अनुसार, “किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा पनि काटिएको लाइन पुनःजोडिनेछ ।”

प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा रहँदा ४९ उद्योगीबाट ८ अर्ब २६ करोड रुपैयाँ बक्यौता असुल गर्ने प्रयास गर्दा पदबाट हटाइएका कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि आफ्नो पुरानो अभियान कार्यान्वयनमा ल्याएका हुन् ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उनलाई ऊर्जामन्त्री नियुक्त गरेपछि घिसिङले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्ति गरेका थिए । शाक्यलाई भने सेवा–सुविधा र पद दुवै बढाएर जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्य बनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ४, मंगलवार ०९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP