मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, सकियो काठमान्डुको यात्रा

2.8K
SHARES
लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, सकियो काठमान्डुको यात्रा

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट अन्तर्गत दोस्रो सिजनमा लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ६ विकेटको जित निकाल्दै लुम्बिनी प्रतियोगिताको अर्को चरणमा स्थान बनाउन सफल भयो ।

एलिमिनेटरमा पराजयसँगै काठमाडौंले यो सिजन चौथो स्थानमा यात्रा टुंग्याएको छ । अर्कोतर्फ, लुम्बिनीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल खेल्ने सम्भावनालाई जिउँदो राखेको छ । अब लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित विराटनगर किङ्ससँग भिड्नेछ । सुदूरपश्चिम भने पहिलो क्वालिफायर जितेर नै फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा सुदूरपश्चिम सामना गर्नेछ भने हार्ने टोली तेस्रो स्थानमा सीमित हुनेछ ।

काठमान्डुको कमजोर सुरुवात निर्णायक
टस जितेर ब्याटिङ रोजेको काठमान्डु सुरूदेखि नै दबाबमा पर्‍यो । ओपनिङ जोडीसहित पहिलो चार ब्याट्सम्यान दोहोरो अंकमा पुग्न असफल रहे । बेन चाल्सवर्थ ५, आकाश त्रिपाठी १, सन्नी पटेल ७ र मिलिन्द कुमार २ रनमै पवेलियन फर्किए । कप्तान करण केसीले ९ रन जोडे ।

टीम ९ ओभर नखेल्दै ६ विकेटमा ५१ रनको संकटमा परेको बेला सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । मोहम्मद अदिल आलम र जोन सिम्पसनले १८–१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । निर्धारित ओभरमै काठमान्डुले १११ रन मात्र बनायो ।

लुम्बिनीको सहज रन चेज
११२ रनको सामान्य लक्ष्य पछ्याउन आएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । ओपनर डीआर्सी सर्टले ३३ रनको महत्वपूर्ण योगदान दिए । कप्तान रोहित पौडेलले १८ रन, सन्दीप जोराले २३ रन जोडे । निरोशन डिकवेलाले १४ रन बनाए भने दीलिप नाथ र रुवेन ट्रम्पेलम्यानले क्रमशः ७ र ५ रन जोडे ।

बलिङमा रोहित र शेरको चमक
लुम्बिनीबाट कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए । ट्रम्पेलम्यानले दुई ओपनरलाई आउट गर्दै महत्वपूर्ण योगदान दिए भने अभिषेक गौतमले १ विकेट आफ्नो नाममा लेखाए ।

काठमान्डुका बलरमध्ये सन्तोष यादवले २ विकेट लिए भने सन्नी पटेल, करण केसी, सहाब अमाल र रसिद खानले एक–एक विकेट हात पारे ।

यस जितसँगै लुम्बिनी लायन्स उपाधि नजिक पुर्‍याएको छ भने काठमान्डु गुर्खाजको सिजन समाप्त भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २४, बुधबार १३:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP