मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनका प्रधानमन्त्री ली छ्याङद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

1.2K
SHARES
चीनका प्रधानमन्त्री ली छ्याङद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता जनाएका छन् ।

बधाई सन्देशमा उनले चीन र नेपालबीचको सम्बन्ध पहाड र नदीले जोडिएको परम्परागत मित्रताको रूपमा रहेको उल्लेख गरेका छन् । दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षदेखि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा आपसी सम्बन्धलाई निरन्तर अघि बढाउँदै आएको उनले बताएका छन् ।

ली छ्याङले नेपालको नयाँ सरकारप्रति चीनको पूर्ण समर्थन रहेको जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सधैं साथ रहने स्पष्ट पारे । उनले चीनले नेपालको विकास यात्रामा साझेदार बन्ने चाहना राखेको पनि व्यक्त गरे ।

सन्देशमा उनले उच्चस्तरीय सहकार्यलाई अझ मजबुत बनाउँदै बेल्ट एन्ड रोडको संयुक्त निर्माण अन्तर्गत संयुक्त परियोजनाहरू अघि बढाउन र विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न इच्छुक रहेको बताएका छन् ।

यसै क्रममा उनले चीन–नेपालबीचको विकास र समृद्धिमा केन्द्रित दीर्घकालीन मैत्रीपूर्ण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १३, शुक्रबार १५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP