मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशन: मतदान अन्तिम चरणमा

1.4K
SHARES
एमाले ११औँ महाधिवेशन: मतदान अन्तिम चरणमा

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा सुरु भएको मतदान प्रक्रिया आज बिहान पनि जारी छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेकामा बिहीबार बिहान ५ बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । बाँकी मत खस्ने क्रम पनि तीव्र गतिमा अघि बढिरहेको आयोगले जनाएको छ ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा भइरहेको छ । यस चुनावमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित मैदानमा उत्रिएका छन् ।

मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिने र त्यसपछि नयाँ नेतृत्वको औपचारिक घोषणा गरिने छ । महाधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३, बिहीबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP