मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशी बाढी संकटबारे छलफल गर्न बुधबार प्रतिनिधिसभा बैठक बस्दै

208
SHARES
भोटेकोशी बाढी संकटबारे छलफल गर्न बुधबार प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख डीपी अर्यालले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठकसम्बन्धी औपचारिक सूचना सार्वजनिक गरिसकेका छन् ।

बुधबारको बैठकमा भोटेकोशी बाढीबाट उत्पन्न संकट, त्यसबाट भएको जनधनको क्षति तथा खोजी, उद्धार र प्रतिकार्यका विषयमा विशेष प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले दलीय आधारमा धारणा राख्ने कार्यसूची तय गरिएको छ।

बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत प्रभावकारी बनाउने, क्षतिको व्यवस्थापन गर्ने र प्रभावितको पुनःस्थापनाका लागि आवश्यक कदम चाल्ने विषयमा समेत छलफल हुने भएको छ ।

यसअघि रसुवामा आएको विनाशकारी बाढीका कारण गत भदौ ११ गते प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP