मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनतर्फको हिमतालमा हिमनदी फुटेपछि त्रिशूलीमा सतर्कता, ठूलो जोखिम नरहेको सरकारको भनाइ

676
SHARES
चीनतर्फको हिमतालमा हिमनदी फुटेपछि त्रिशूलीमा सतर्कता, ठूलो जोखिम नरहेको सरकारको भनाइ

काठमाडौं । चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो तालमा हिमनदी (ग्ल्यासियर) फुटेपछि लेदोसहित पानी ओभरफ्लो भएको सरकारले जनाएको छ । यद्यपि, हालसम्म यसबाट तत्काल ठूलो जोखिम उत्पन्न हुने अवस्था नरहेको सरकारको भनाइ छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चिनियाँ पक्षबाट प्राप्त पछिल्लो सूचनाअनुसार अवस्था नियन्त्रणमै रहेको बताए ।

उनका अनुसार केही समयअघि चिनियाँ पक्षले ताल फुटेर बाढी आएको जानकारी गराएको थियो । त्यसपछि नेपाल सरकारले अवस्थाबारे चीनसँग निरन्तर समन्वय गर्दै आएको छ । परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ अधिकारीसँग नियमित सम्पर्क भइरहेको उनले जानकारी दिए ।

मन्त्री पोखरेलले ठूलो ड्याम फुटेको नभई हिमनदीका केही भाग फुटेका कारण तालमा पानी र लेदोको बहाव बढेर ओभरफ्लो भएको जानकारी प्राप्त भएको बताए ।

ताल फुटेको खबरसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नदी आसपासका बस्तीमा माइकिङ गरेर नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

सुरक्षाकर्मीहरूले समेत नदी किनारमा रहेका नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ सारिरहेका छन् । कतिपय स्थानीय बासिन्दा प्रहरीको सूचनापछि आफैँ पनि सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

सरकारले तत्काल ठूलो जोखिम नरहेको बताए पनि सम्भावित अवस्थालाई मध्यनजर गर्दै सतर्कता नघटाउन आग्रह गरेको छ । मन्त्री पोखरेलले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउँदै आधिकारिक सूचनाको पालना गर्न आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ०८:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP