मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन सुरु

1.6K
SHARES
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन सुरु

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताले आज काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् ।

भ्रष्टाचार विरोधी र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्ने मागसहित युवाहरूले नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । सहभागीमध्ये धेरैजना कलेज तथा विद्यालय पोसाकमै उपस्थित भएका छन् ।

आन्दोलनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । निषेधित क्षेत्रमा प्रवेश नगर्ने शर्तसहित माइतीघरदेखि बानेश्वरसम्मको बीच सडकमा प्रदर्शन अनुमति दिइएको छ । माइतीघर आसपास र नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जेनजीको प्रदर्शनलाई विभिन्न संघसंस्था, नेता र सेलिब्रेटीहरूले ऐक्यबद्धता जनाएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साह र केही चर्चित कलाकारहरूले आन्दोलनप्रति समर्थन जनाएका छन् ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा उत्रिएको हो । उनीहरूले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल स्वतन्त्रताको मागलाई प्रदर्शनको मुख्य नारा बनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP