मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६–२८ मा, भदौ १५ सम्म सदस्यता वितरण सम्पन्न गर्न निर्देशन

2.2K
SHARES
तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६–२८ मा, भदौ १५ सम्म सदस्यता वितरण सम्पन्न गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आउँदो मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने पाँचौँ महाधिवेशनका लागि विस्तृत कार्यतालिका तय गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र पठाउँदै भदौ १५ गतेभित्र सदस्यता वितरण प्रक्रिया पूरा गरी वडा र पालिकास्तरका अधिवेशन सम्पन्न गर्न निर्देशन गरेका छन् ।

परिपत्रअनुसार भदौ मसान्तसम्ममा तरुण दल केन्द्रीय कार्यालयले पूर्ण सदस्यता सूची स्वीकृत गर्नेछ भने त्यही समयभित्र क्षेत्रीय र जिलास्तरीय महाधिवेशन प्रतिनिधिहरू अनुमोदन गर्ने कार्य पूरा गर्ने बताइएको छ ।

यस्तै कात्तिक २० गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न गर्ने र कात्तिक मसान्तसम्ममा जिल्लास्तरीय अधिवेशन टुंग्याउने कार्यतालिका तय गरिएको छ ।

तरुण दलले महाधिवेशनलाई सफल पार्न देशभरका संगठनात्मक संरचनाहरूलाई निर्धारित कार्यतालिका पालना गर्न आह्वान गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP