मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः पहाडमा बदली र वर्षाको सम्भावना, तराईमा गर्मी बढ्दै

572
SHARES
मौसम पूर्वानुमानः पहाडमा बदली र वर्षाको सम्भावना, तराईमा गर्मी बढ्दै

काठमाडौं । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम मिश्रित बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र हिमाली क्षेत्रमा बादलको गतिविधि देखिएको छ भने तराईमा घाम चर्किंदै जाँदा गर्मी बढ्न थालेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ । विशेषगरी गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईका जिल्लाहरूमा मौसम प्रायः सफा देखिएको छ ।

शुक्रबारका लागि जारी पूर्वानुमानअनुसार यी तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

यता, पहाडमा वर्षाको सम्भावना भइरहँदा तराई र भित्री मधेस क्षेत्रमा भने गर्मी अझै बढ्ने संकेत देखिएको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तापक्रम वृद्धि भई जनजीवन प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ४, शुक्रबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP