मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल

3.1K
SHARES
सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल

काठमान्डु । साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै सबैभन्दा महँगो दर हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो । एकै दिनमा सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको महासंघले जनाएको छ । लगातारको मूल्यवृद्धिले उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रभाव पारेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । सोमबार चाँदीको मूल्य तोलामा ४ हजार ८३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो, जसअनुसार चाँदी पनि २७० रुपैयाँले महँगिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, विश्व आर्थिक अनिश्चितता तथा सुरक्षित लगानीतर्फको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा निरन्तर उछाल आएको व्यवसायीहरू बताउँछन् । आगामी दिनमा मूल्य अझै उतार–चढाव हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP