मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने सरकारकै लागि घातक हुन्छ’

442
SHARES
‘छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने सरकारकै लागि घातक हुन्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई स्पष्ट कारणबिना पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ शैलीमा कदम चालिरहेको भए त्यो सरकारकै लागि घातक हुने टिप्पणी गरेका हुन् ।

उनले यस्ता घटनाबाट सरकारले गलत सन्देश प्रवाह गर्न नहुने भन्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरे । प्रचण्डले घटनासँग सम्बन्धित वास्तविक तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने बताएका छन् ।

विशिष्ट व्यक्तिलाई सुरक्षा जोखिम रहेको भन्दै नियन्त्रणमा लिने विषयमा पनि उनले प्रश्न उठाए । उनका अनुसार साँच्चिकै सुरक्षा खतरा भएको हो भने सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर लैजानुभन्दा उनीहरूको निवासमै सुरक्षा व्यवस्था थप गर्नुपर्ने हुन्छ ।

‘सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्‍यो नि ।’

उनको यो टिप्पणी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले ‘सुरक्षा थ्रेट’का कारण नियन्त्रणमा लिएर करिब ११ घण्टापछि छाडेको घटनाको सन्दर्भमा आएको हो । प्रहरीले भने जबरालाई पक्राउ नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याइएको दाबी गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १२, सोमबार ०७:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP