मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार र जेन–जीबीच बुधबार संवाद, निर्वाचन तयारी केन्द्रमा

2.9K
SHARES
सरकार र जेन–जीबीच बुधबार संवाद, निर्वाचन तयारी केन्द्रमा

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै सरकारले जेन–जी प्रतिनिधि र विभिन्न राजनीतिक दलहरूसँग बुधबार संवाद गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार वार्ता बुधबार अपरान्ह ४ः०० बजेपछि हुने भएको हो ।

खरेलका अनुसार वार्तामा जेन–जी आन्दोलनका प्रतिनिधिहरू, प्रमुख राजनीतिक दलका नेता तथा सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन् । उनका अनुसार सरकार निर्वाचनको समग्र वातावरण निर्माणका लागि सबै पक्षसँग छलफल गर्न इच्छुक छ ।

“सरकार कुनै दल वा समूहलाई निषेध गरेर निर्वाचनमा जाने मुडमा छैन,” मन्त्री खरेलले भने, “जेन–जीको भावना र राजनीतिक दलहरूको सुझावलाई समेट्दै सबैलाई सहभागी गराएर निर्वाचन कार्यक्रम अघि बढाइनेछ ।”

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक विभिन्न दलका प्रतिनिधिहरूसँग बालुवाटारमा वार्ता गरेकी थिइन् । सोही बैठकमा उनले जेन–जी र दलहरूबीच थप संवाद आवश्यक रहेको भन्दै अर्को चरणको वार्ता प्रस्ताव गरेकी थिइन् ।

उक्त प्रस्तावलाई राजनीतिक दलहरूले समर्थन गरेका थिए भने जेन–जी पक्षले पनि वार्तामा सहभागी हुन तयार रहेको जनाएका थिए । यसै सन्दर्भमा बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १०, सोमबार १२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP