मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देश अझै संकटमै, दुर्घटना टरिसकेको छैन : प्रचण्ड

1.5K
SHARES
देश अझै संकटमै, दुर्घटना टरिसकेको छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था अझै जोखिममुक्त भइनसकेको बताउँदै सम्भावित दुर्घटना पूर्ण रूपमा टरिनसकेको चेतावनी दिएका छन् । एमाले ओखलढुङ्गा कमिटीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले अब अरूको भर परेर बस्ने समय नभएको स्पष्ट पारे ।

उनका अनुसार बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देश फेरि गम्भीर संकटतर्फ धकेलिन सक्छ । “दुर्घटना टरिसक्यो भनेर ढुक्क हुने अवस्था छैन,” उनले भने, “यदि हामी कमजोर भयौँ भने देश फेरि अर्को खाल्टोतर्फ जान सक्छ । यही खतरा रोक्न हामीले जिम्मेवारीका साथ पहल गरेका हौँ ।”

प्रचण्डले वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले नेकपाले भूमिका खेलेको बताए । लाखौँ जनता पहिले नै नेकपामा समाहित भइसकेको दाबी गर्दै उनले नयाँ पुस्ता, विशेष गरी जेन–जीले पनि आफ्ना एजेन्डा कार्यान्वयन गर्न सक्ने राजनीतिक शक्ति नेकपा नै हो भन्ने बुझ्न थालेको उल्लेख गरे ।

ओखलढुङ्गाको घटनाले एमालेभित्र रहेका देशभक्त र वामपन्थी सोच राख्ने नेता–कार्यकर्ताहरूका लागि नेकपामा आउने बाटो खुला भएको उनको भनाइ थियो । उनले एमाले नेतृत्वलाई भ्रममा नपरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आग्रह गरे ।

साथै, प्रचण्डले लोकतन्त्रवादी शक्तिहरू पनि साझा उद्देश्यका लागि एउटै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याउँदै देशको भविष्य जोगाउन व्यापक राजनीतिक एकता अपरिहार्य रहेको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार १५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP