मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झाँक्रीको नेपालप्रति कटाक्ष: “आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड !”

1.9K
SHARES
झाँक्रीको नेपालप्रति कटाक्ष: “आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड !”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) लगायत वाम दलहरूको एकतामा सहभागी नभएको भन्दै कारबाही झेलेकी तत्कालीन नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि तीव्र प्रतिक्रिया जनाएकी छन् ।

कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच नेपाली कम्युनिस्ट पार्टी नामक नयाँ दल गठन गरिएको थियो । उक्त एकतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधव नेपाल सहसंयोजक बनेका थिए ।

तर, यस प्रक्रियामा सहभागी नभएका नेताहरूमाथि समाजवादी पार्टीले कारबाही गरेको थियो । महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) पार्टीबाट निष्कासनमा परे ।

कारबाही १० वाम दलबीच एकता भइसकेपछि गरिएको भन्दै अध्यक्ष नेपालमाथि आलोचना बढेको छ । तर नेता प्रकाश ज्वालाले भने, “कात्तिक १९ गते बिहान ९ बजे सचिवालय बैठकले नै निर्णय गरिसकेको थियो, एकता भने दिउँसो भएको हो” भन्दै बचाउ गरेका छन् ।

सो कारबाहीप्रति व्यंग गर्दै झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्,

“प्रिय कमरेड माधव अभिवादन !
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरु केही अर्थ छ र अब पनि कारबाहीकोरु लोकले के भन्ला भन्ने पनि लागेन ररु तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख, बाँकी समय पार्टी प्रमुखलाई चलाउने जिम्मेवारीमा रहनुभयो । यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो ।”

उनले थप लेखेकी छन्, “जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन अर्पण गर्नेले लाने त मिठो वा तितो स्मृति मात्रै हो । आफ्नै मलामी त कसले देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवन सुखद रहोस्, परिवारमा शान्ति र सुस्वास्थ्यको कामना । तपाईं जहाँ रहनुहुन्छ, अभिभावकको रूपमा सधैँ सम्झिरहने छु ।”

नेकपा (एकीकृत समाजवादी) भित्र घनश्याम भुसाल समूह र माधव नेपाल समूहबीचको दूरी बढ्दै गएको थियो । वाम एकता प्रक्रियामा असहमति जनाउने नेताहरूमाथि कारबाहीपछि झाँक्रीलगायत नेताहरूले खुलेर विरोध जनाएका छन् ।

रामकुमारी झाँक्रीको सामाजिक सञ्जालमार्फतको तीव्र टिप्पणीले वाम एकताको सन्दर्भमा एकीकृत समाजवादीभित्रको मतभेद अझ स्पष्ट भएको देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार ०४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP