मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा

611
SHARES
जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु हुँदैछ । यसअघि असोज ९ गते आयोजना गर्ने तय भए पनि अविरल वर्षाका कारण महाधिवेशनको मिति पछि सारिएको थियो ।

महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरिनेछ । नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।

निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा गरी कुल १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।

त्यस्तै, सात उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । महासचिव पदमा तीन जना, उपमहासचिवका दुई पदका लागि दुई जना र सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि भने ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको छ ।

पार्टीको निर्वाचनसम्बन्धी व्यवस्थाअनुसार उम्मेदवार निर्वाचित हुन कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जनमत पार्टीले जनाएको छ ।

महाधिवेशनमा पार्टीका नेता तथा प्रतिनिधिहरू सहभागी हुँदैछन् । महाधिवेशनले आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा पार्टीको भावी राजनीतिक कार्यक्रमबारे समेत छलफल गर्ने जनाइएको छ ।

महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यकारिणी समितिले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने जिम्मेवारी पाउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १७, शनिबार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP